लन्डन – विश्वका १४० अन्य मुलुकलाई बैंक नोट र मुद्रा छाप्ने बेलायती कम्पनीले सम्भावित टाट पल्टने चेतावनी जारी गरेको छ । १९८ वर्षे पुरानो डी ला रुईले बैंक अफ इंग्ल्यान्डलाई १८६० देखि बैंक नोट छाप्दै आएको छ ।
योे विश्वकै ठूलो व्यापारि ‘प्रिन्टर’ हो । यो कम्पनीले विश्वका १४० केन्द्रीय बैंकसँग सम्झौता गरेर विश्वको कुलको एक तिहाई बैंक नोट छाप्दै आएको छ । यो फर्मले वितरणम रहेका ३६ प्रतिशत बैंकनोटको ढाँचा तयार पारेको लगानी अनुसन्धान कम्पनी एडिसन ग्रुपले जनाएको छ ।
फ्रान्सेली प्रतिद्वन्द्वीलाई ५२ करोड ५० लाख डलरको बेलायती पासपोर्टको सम्झौता गुमाएपछि विगत २ वर्षदेखि डी ला रुई संघर्षरत अवस्थाबाट गुज्रदै आएका छ । गत साता मात्रै कम्नीले आफ्नो मूल्यमा २० प्रतिशत गुमाएको छ ।
“डी ला रुइको वित्तीय अवस्था सतर्क रहनु पर्ने अवस्थामा पुगेको विषयलाई अस्वीकार गर्न सकिदैन” ए जे बेलमा लगानी निर्देश रहेका रुस मोउल्डले बताएको एनबीसीले संप्रेषण गरेको छ । यदी फर्म टिकाउको अवस्थामा रहेन भने डी ला रुईका २ हजार ५०० कर्मचारीको जागिर जोखिममा पर्नेछ ।
प्रतिक्रिया