स्रोत नखुलेको ५ लाख रकमसहित १ जना पक्राउ

स्रोत नखुलेको ५ लाख रकमसहित १ जना पक्राउ


पर्सा – स्रोत नखुलेको ५ लाख रकमसहित प्रहरीले पर्साबाट १ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका–५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारतको बिहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले म प्र ०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरका ५०० थान र ५०० दरका १०० थान समेत गरी पक्राउ गरेको छ ।

नगद बरामद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।