मोरङमा महेश आचार्यलाई मोदीको टक्कर,यस्तो छ सम्भावना ?

मोरङमा महेश आचार्यलाई मोदीको टक्कर,यस्तो छ सम्भावना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कम चर्चामा आउने, सञ्चारमाध्यममा कम छाउने कांग्रेस नेता एवं पूर्वमन्त्री महेश आचार्यले आफूले चाहेजस्तो काम गर्न नसकेको मतदातासमक्ष बताइरहेका छन् । यो उनको स्वीकारोक्ति हो । मोरङ ४ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार भएका आचार्यले बाँकी विकासका काम गर्न निर्वाचनमा होमिएको बताए ।

 

 

 

 

‘हिजो हुन नसकेका काम पूरा गर्न म उम्मेदवार भएको छु,’ उनले आफ्नो निवास विराटनगरमा भने, ‘हिजो मैले कहां गल्ती गरें, त्यो समीक्षा लिएर मतदातासमक्ष गएको छु ।’ अन्य उम्मेदवारले नगरेको काम पनि आफूले गरेको भनिरहेका बेला उनले गत संसदको आफनो कार्यकालको समीक्षा गरिरहेका छन् ।

 

 

 

वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी उम्मेदवार अमनलाल मोदीले पिछडिएका वर्गको हितका लागि प्रतिस्पर्धामा उत्रिएको बताएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा प्रतिनिधिसभाबाट सभासद भएका मोदीले जनताको हातमा अधिकार र्पुयाउने आफनो उम्मेदवारी भएको जनाए ।

 

 

स्थानीय निकाय निर्वाचन मत परिणाम

कांग्रेस उम्मेदवार आचार्यले पार्टीले गरेका प्रतिबद्धता पूरा हुन नसक्नुलाई अन्यथा मान्न नहुने बताए । ‘विकास बजेट कार्यान्वयन हुन सकेको छैन, त्यसबाट पनि केही काम प्रभावित भएका छन्,’ उनले भने, ‘अब केन्द्र, प्रदेश र स्थानीय सरकार हुने भएकाले काम अघि बढ्नेछ ।’  

 

 

 

उनी मतदातासमक्ष आर्थिक समृद्धिको मुद्दा लिएर गएका छन् । लोकतान्त्रिक र वामपन्थीबीच राजनीतिक बहसमा अल्झिनुभन्दा आर्थिक विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

 

 

 

‘अब राजनीतिक विवादमा अल्झिनु मुलुकका लागि घातक हुनेछ, आर्थिक समृद्धिको दिशामा लाग्नुपर्छ,’ उनले भने, ‘अबको दस वर्षमा निम्न वर्ग एक तहमाथि उक्लिनेछन् । मुलुक आर्थिक युगमा प्रवेश गर्नेछ ।’

 

 

 

माओवादी उम्मेदवार मोदीले पटक–पटक मन्त्री भएका ‘हेभिवेट’ विरुद्ध युवा पुस्ताको आफ्नो उम्मेदवारी भएको बताए ।

 

 

 

 

‘पुरानाले काम गरेको धेरै हेरें, अब नयाँ पुस्ताको युवा उम्मेदवारलाई काम गर्ने अवसर जनताले दिनेमा आफू विश्वस्त छु,’ उनले भने, ‘जमिनदारको कामतबाट राजनीतिलाई निम्नवर्गीय जनताको छोराको हातमा र्पुयाउन मेरो उम्मेदवारी हो ।’

 

 

सबभन्दा पहिले भ्रष्टाचार र लोकमानविरुद्ध संसदमा आवाज आफूले उठाएकाले सुशासन कायम गर्नमा सफल हुने उनको दाबी छ ।

 

 

 

फोरम लोकतान्त्रिक कांग्रेसमा मिलेपछि आचार्यलाई राहत मिलेको छ । मोदीलाई भने एमालेको समर्थन रहेकाले बल पुगेको छ । यस क्षेत्रमा करिब २५ हजार थारू मतदाता रहेकाले त्यो मत तान्न दुवै उम्मेदवार कसरतमा लागेका छन् ।

 

 

 

कांग्रेस उम्मेदवार आचार्य विजयकुमार नेतृत्वमा रहेको फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिलाउन महत्त्वपूर्ण भूमिका खेलेकाले त्यसको सकारात्मक प्रभाव आफनो उम्मेदवारीमा पर्ने दाबी गर्छन् । पार्टीको आर्थिक नीति तय गर्न भूमिका निभाएका आचार्य गएको संविधानसभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएका थिए ।

 

 

यस क्षेत्रमा ग्रामथान, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको वडा ५, ६ र ७ र विराटनगर महानगरको १, २, ३, ८, १० र १९ नम्बर वडा रहेका छन् । स्थानीय तहमा कांग्रेसले १७ हजार ७ सय ११, एमालेले १६ हजार ६ सय ४४, लोकतान्त्रिकले ७ हजार ४ सय ९६ र माओवादी केन्द्रले ६ हजार ४ सय ६१ मत प्राप्त गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।