काठमाण्डु–मोरङ प्रहरीले ५ दिनको अवधिमा २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालत विराटनगरबाट जरीवाना र कैद फैसला भई फरार रहेका २८ जनालाई नियन्त्रणमा लिएको हो ।
१ महिनादेखि ६ बर्ष सम्म कैद र ६ रुपैयाँ देखि ५६ हजार सम्म जरिवाना तोकिएर फरार रहेका उनीहरुलाई प्रहरीले मंसीर १ देखि ५ गतेको अवधीमा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका ३ जना, लागु औषध मुद्दाका ८ जना, चोरीका २, बैंकीङ कसुरका ३, लेनदेन मुद्दाका २ कुटसपट अगं भंग,सार्वजनिक अपराध,वहुविवाह, जालसाजका एक एक सहितका प्रतिवादीहरु पक्राउ गरिएको जिल्ला प्रहरी का
कार्यालय मोरङले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत विराटनगरमा दाखिला गरिएको छ ।
प्रतिक्रिया