काठमाण्डु– मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् ।
अनित मियाका ६ वर्षीय छोरा अर्शद अली सकुशल फेला परेका हुन् ।
अनितकी ४ वर्षीय छोरी रेश्मा खातुनको भने शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
आज दिउँसो सुरु भएको आगलागीमा परी १२ वटा घर जलेका छन् ।
र्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता जोशीले जानकारी दिए ।
उनका अनुसार दमकलसँगै प्रहरी, नेपाली सेना र स्थानीय आगो निभाएका छन् ।
प्रतिक्रिया