काठमाण्डु– मोरङमा आगलागीमा परी २ बालबालिकाको मृत्यु भएको छ।
मोरङको धनपालथाल गाउँपालिका–६ कदमाहा घरमा आगलागी हुँदा जलेर २ बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरुको परिचय खुलेको छैन ।
आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् ।
चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दमकलसँगै प्रहरी, नेपाली सेना र स्थानीय आगो निभाउन खटिएका छन्।
घटनाको थप विवरण आउँन बाँकी छ।
प्रतिक्रिया