संसद् अवरुद्ध गरेर समाजवादी मोर्चा छलफलमा, गणतन्त्रका पक्षमा प्रदर्शनको चाँजोपाँजो

संसद् अवरुद्ध गरेर समाजवादी मोर्चा छलफलमा, गणतन्त्रका पक्षमा प्रदर्शनको चाँजोपाँजो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारविरुद्ध सक्रिय समाजवादी मोर्चा सम्बद्ध दलहरूले बुधबार संसद् अवरुद्ध गरेर छलफल थालेका छन् ।

विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा उत्रिएका मोर्चाआवद्ध दलका शीर्ष नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भेला भएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव सहभागी छन् ।

बैठकमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी छन् ।

बैठकले मोर्चाका गतिविधि, सरकार विरोधी आन्दोलन र आगामी कार्ययोजनाबारे छलफल गर्नेछ । मोर्चाले गणतन्त्रका पक्षमा शुक्रबार काठमाण्डुमा प्रदर्शन गर्ने तयारीका लागि चाँजोपाँजो मिलाउने बताइएको छ ।