हत्याका आरोपी चोकट सहनी ५ वर्षपछि पक्राउ

हत्याका आरोपी चोकट सहनी ५ वर्षपछि पक्राउ


वीरगञ्ज – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका ६ का चोकट सहनी रहेका छन् ।

चोकट सहनी समेतले २०७० कात्तिक १७ गते बाराको साबिक पत्रहट्टी गाविस ९ कि २१ वर्षकी खुश्बुदेवी सहनीको हत्या गरेको आरोप लागेको छ । नातामा काका ससुराको छोरा पर्ने चोकट सहनी समेतले खुश्बुको हत्या गरी शवलाई भुतही खोला किनारमा गाडेका थिए ।

गाउँघरमै लुकेर बसेको थाहा पाएपछि प्रहरीले भदौ ८ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।