प्रहरीको मस्टवान्टेड गुण्डा नाइके पुन मारिए

प्रहरीको मस्टवान्टेड गुण्डा नाइके पुन मारिए


बुटवल – व्यक्ति हत्याका प्रमुख योजनाकारको आरोपमा प्रहरीको मस्टवान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन प्रहरीसँगको मुडभेडमा मारिएका छन् । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आलेको पनि सोही मुडभेडमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालले मृत घोषित गरेको हो । गोली लागे लगत्तै प्रहरीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो ।

पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकारको आरोपमा पुन नेपाल प्रहरीको मस्टवान्टेड सूचीमा थिए । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।