प्रधानमन्त्री ओली र मोदीले गरे मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलन्यास

प्रधानमन्त्री ओली र मोदीले गरे मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलन्यास


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । शनिबार दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।  नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार भारतीय आयल कर्पोरेशनले पाइप बिछ्याउने काममा लागि ठेक्का लगाइसकेको छ । अब सडकमा क्लेयरेन्सका समस्या नभएको क्षेत्रबाट पाइप बिछ्याउन सुरु गरिनेछ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार भारतीय आयल कर्पोरेशनले पाइप बिछ्याउने काममा लागि ठेक्का लगाइसकेको छ । अब सडकमा क्लेयरेन्सका समस्या नभएको क्षेत्रबाट पाइप बिछ्याउन सुरु गरिनेछ ।उनका अनुसार पाइपलाइ बिछ्याएर तेल आउने चरणसम्मका लागि भारतले नै ५ वटा ठेक्कामार्फत छुट्टा-छुट्टै प्याकेजमा काम गर्नेछ । आयल निगमले यसमा सहजीकरण मात्रै गर्ने उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थाका लागि सरकारले ७ भदौ ०७२ मा पेट्रोलियम पाइपलाइन ल्याउन भारतसँग औपचारिक सम्झौता गरेको थियो । तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानबीच नेपाल र भारतबीच रक्सौल-अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो । भारतबाट सिधै नेपालको अमलेखगञ्जको डिपोसम्म इन्धन ओसार्न यो पाइपलाइन निर्माण गर्न लागिएको हो । पट्रोलियम पाइपलाइन मोतिहारी–रक्सौल हुँदै अमलेखगञ्जसम्म निर्माण गरिने छ ।