प्रहरीले चोरीका ३३ मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगायो

प्रहरीले चोरीका ३३ मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगायो


काठमाडौँ – उपत्यकाका विभिन्न स्थानबाट हराएको ३३ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा न्युरोड, क्षेत्रपाटी, कोटेश्वर, ठमेल, पाटन, पुतलीसडक, थानकोट, नयाँबसपार्क, महाराजगञ्ज, कालीमाटीलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाबाट विभिन्न समयमा हराएका मोटरसाइकल निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिनुभयो । “उपत्यकामा दैनिक दर्जनौँ दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन हराउने गरेका छन्, मानिसको लापरवाहीका कारण धेरै सवारी साधन हराउने गरेका हुन”शुक्रबार महाशाखाको कार्यालय बग्गीखानामा एक कार्यक्रमका बीच महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले मोटरसाइकल धनीलाई जिम्मा लगाएका हुन्।

हराएको मोटरसाइकल पाउनेको विवरण यसप्रकार छः