मौसमका कारण हवाई उडान प्रभावित, दर्जनौं उडान रद्द

मौसमका कारण हवाई उडान प्रभावित, दर्जनौं उडान रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् ।

धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरुका अनुसार एक सातामा करित दुई सय बढी उडान रद्द भएका छन् ।

सोमबार विहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

वायुप्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान समेत प्रभावित हुन पुगको छ । सोमबार विहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ । ४ बजेसम्म पनि यस्तै अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना रहेको कर्णले बताए ।

यस्तै आज काठमाडौं–तुम्लिङटार उडान रद्द भएको छ । मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरुले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन् ।