काठमाण्डु–पूर्वी नेपालबाट पुनः वर्षा सुरु भएसँगै बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वका ९ जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।आगामी ३ दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।
ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।
ठूला नदीहरुमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
नेपालका ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ ।
भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव भने बढ्ने पूर्वानुमान छ । त्यसैले बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया