‘मिस्टर नेपाल–२०२४’को फाइनल स्पर्धाका लागि ३९ प्रतियोगी छनोट

‘मिस्टर नेपाल–२०२४’को फाइनल स्पर्धाका लागि ३९ प्रतियोगी छनोट


काठमाण्डु-‘मिस्टर नेपाल–२०२४’को फाइनल स्पर्धाका लागि ३९ जना छनोट भएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गतअसार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी र पोखरामा आयोजना भएको थियो ।

निर्णायकमा पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, रवि धमाला, बिक्रम आदित्य महासेठ, समर्पणजंग कार्की थिए ।

काठमाडौं उपत्यकामा दोस्रो चरणको अडिसन भएको थियो । जसको निर्णायक नीति शाह, ऋषि धमला, प्रशान्त ताम्राकार, मुनिस गिरी, सन्दीप केसी, प्रियंका रानी जोशी, निमेश कपाली, सरिताश्री ज्ञवलीलगायत थिए ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड–२०२४’ वा ‘मिस्टर ग्लोवल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सँगै नगद पुरस्कार पनि पाउनेछन् ।