नक्कली प्रमाण पत्रका आधारमा जागिर खाने विरुद्ध मुद्दा दर्ता

नक्कली प्रमाण पत्रका आधारमा जागिर खाने विरुद्ध मुद्दा दर्ता


काठमाण्डु-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्रका आधारमा जागिर खाएका एक सरकारी अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध अख्तिया।ले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ । चौधरीले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ ।