मुगु–हुम्ला जोड्ने ६५ किलोमिटरको लिंक रोड निर्माणको घोषणा

मुगु–हुम्ला जोड्ने ६५ किलोमिटरको लिंक रोड निर्माणको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने घोषणा भएको छ ।  कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआईडी) ले सडक निर्माणको घोषणा गरेको हो ।

डिएफआईडी एशिया निर्देशकले  रिचार्ड मुन्टगोम्रीले मुगु–हुम्ला जोड्ने लिंक रोड ६५ किलोमिटर लामो सडकले कर्णाली प्रदेशका धेरै  गाउँँ लाभान्वित हुने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशमा निर्माण हुने सबै सडक पर्यटकीय सडक हुने बताउँदै मुगु–हुम्ला लिंक रोड निर्माणपछि कर्णालीको पर्यटन प्रबद्र्धन, स्थानिय जनताको आयश्रोत बृद्धि र आवागमणमा सहजता लगायतका लाभ उठाउन सकिने बताए ।

निर्माणको कुल लागत २ अर्ब २४ करोड रहेको छ । मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकतालाई ख्याल गरेर लगानी गर्नुपर्ने बताउँदै अन्य दातृ निकायहरुलाई समेत कर्णालीको विकासका लागि सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री शाहीले लगानीमैत्री वातावरण निर्माणको प्रतिबद्धता समेत व्यक्त गरे ।