यस्तो छ ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय,मर्मतको लागी २८ करोड लाग्ने

यस्तो छ ६ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय,मर्मतको लागी २८ करोड लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत–  ६ नम्वर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसदका लागि आवश्यक तयारी सुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश व्यवस्थापिका संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि आवश्यक संरचनाहरुको व्यवस्थापन सुरु गरेको हो ।

 

क्षेत्रीय प्रशासन कार्यालयले प्रदेशसभा भवन, सभामुख, प्रदेश प्रमुख, प्रदेश परिषद्, मूख्यमन्त्री, गृह, अर्थ, कृषि तथा भूमि व्यवस्थापन, पूर्वाधार, विज्ञान तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका साथै कर्मचारीका लागि कार्यालय र निवासको पहिचान गरेर केन्द्रमा पठाइएको छ।

 

क्षेत्रीय प्रशासन कार्यालयले शाखा अधिकृत केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित पांच सदस्यीय समितिले शैक्षिक तालिम केन्द्रलाई प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालय प्रस्ताव गरेको छ।

 

यस्तै क्षेत्रीय बन र क्षेत्रीय बन तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय, निवास र प्रदेश सचिवको कार्यालय राखिने छ भने क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मूख्यमन्त्री र प्रमुख सचिवको कार्यालयका साथै निवास रहने छ।

 

 

जिल्ला जन स्वास्थ्य कार्यालयमा गृह मन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिंचाईमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिंचाई र क्षेत्रीय सुपरिवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशु सेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय राखिने छ ।

 

 

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय र शहरी विकास तथा भवन निर्माण विभागमा थप दुई मन्त्रालय राख्न सकिने प्रतिवेदनमा उल्लेख छ।

 

मन्त्रीहरुको निवासका लागि क्षेत्रीय सिंचाईको आवास र मन्त्रालयमा रहने विशिष्ट कर्मचारीका लागि सम्वन्धीत कार्यालयका हालका निवासहरुलाई प्रयोग गरिने प्रतिवेदनमा उल्लेख छ।

‘प्रदेश नम्वर ६ को राजधानीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारको हामीले व्यवस्था गरेका छौं’ संयोजक उपाध्यायले भने, ‘त्यसको मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन केन्द्रलाई आग्रह गरेका छौं।’

मर्मतका लागि २८ करोड आवश्यक

प्रदेश व्यवस्थापिका संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि आवश्यक संरचनाहरुको मर्मतका लागि २८ करोड रुपियां लाग्ने भएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा अडिटोरियम हलदेखि आवाससम्मको मर्मतका लागि उक्त रकम आवश्यक पर्ने उल्लेख छ ।

 

 

प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलका कार्यालयको लागि प्रस्ताव गरिएको शैक्षिक तालिम केन्द्रको भवन मर्मतका लागि ६ करोड आवश्यक पर्ने उल्लेख छ।

 

यस्तै प्रदेश प्रमुख कार्यालय, निवास, प्रदेश सचिव कार्यालय, प्रदेश मन्त्रिपरिषद्, मूख्यमन्त्री, मूख्य सचिव कार्यालय, गृह, अर्थ, कृषि तथा भूमि व्यवस्थापन, पूर्वाधार विकास, विज्ञान तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, मन्त्रीहरुको निवास, विशिष्ट कर्मचारी निवासलगायतमा २२ करोड खर्च लाग्ने छ ।

 

 

‘भवन मर्मतका साथै नजिकका विग्रेका सडकको मर्मतका लागि पनि यो बजेट प्रस्ताव गरेका हौं’ उपाध्यायले भने, ‘केन्द्रबाट अहिलेसम्म बजेटका बारेमा कुनै निर्णय आइपुगेको छैन्।’ आजको नागरीक दैनिकमा समाचार छ ।