काठमाडौं– नेकपा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन्
एमाले महासचिव ईश्वर पोखरेल शनिवार सहमतीको लागी पोखरा पुगेका थिए । पोखरेलले सहमतीको लागी पहल गरेपछि पृथ्वीसुब्बालाई मुख्यमन्त्रीमा सहयोग गर्न गुरुङ तयार भएका हुन ।
पार्टीभित्र मुख्यमन्त्रीमा सहमती जुटेपटि केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया