मुख्यमन्त्री भट्ट र भारतीय राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री भट्ट र भारतीय राजदूतबीच भेटवार्ता


धनगढी –प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीले शिष्टाचार भेट गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ ।

प्रदेश नं ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भएपनि स्तरोन्नति हुन सकेका छैनन् । कृषि क्षेत्रमा अगाडि रहेको भारतको कृषि प्रविधि भित्र्याउन सके प्रदेश नं ७ को कृषि क्षेत्रमा पनि प्रगति गर्न सकिने विषयमा छलफल भएको मुख्यमन्त्री भट्टले बताए ।