मुख्यसचिवलाई बालकोट डाँकेर यसरी थर्काए केपी ओलीले

मुख्यसचिवलाई बालकोट डाँकेर यसरी थर्काए केपी ओलीले


काठमाडौं– निर्वाचनबाट वाम गठबन्धनको बहुमत आएसँगै अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्न प्रायः निश्चित छ।

 

 

 

समानुपातिकतर्फका नतिजा आउने क्रम जारी रहँदा अहिले नेपालको राजनीति नयाँ सरकार निर्माणतर्फ सक्रिय बनेको छ।

 

 

 

 

संसदको सबैभन्दा ठूलो दलका हैसियतले एवं एमाले–माओवादीबीच भएको भनिएको सहमतिका आधारमा ओली प्रधानमन्त्री बन्नेछन् भने माओवादी सत्तासाझेदार बन्नेछ। ती दुई दलले पार्टी एकता गर्ने घोषणासहित चुनावी गठबन्धन गरेका थिए।

 

 

 

र, गठबन्धनले बहुमत ल्याएपछि अब देउवा सरकार उत्तरार्धमा लागेको छ।

 

 

कामचलाउ सरकार भइसकेका बेला बढुवा सरुवा पनि भएपछि वाम गठबन्धन आपत्ति जनाउदै आएको छ।

 

 

 

यसैबीच, आफ्नो नेतृत्वमा सरकार बन्ने भएपछि एमाले अध्यक्ष ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई बालकोट बोलाएर थर्काएका छन्।

 

 

 

समाचार स्रोतका अनुसार ओलीले बुधबार राति ९ बजे मुख्यसचिव रेग्मीलाई बालकोट डाँकेर प्रधानमन्त्री देउवाका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउदै रोक्ने भनेका थिए।

 

 

 

‘अबको प्रधानमन्त्री म नै हो। पछि काम गर्न मन छ भने वर्तमान सरकारले गरिरहेको अनुचित काम रोक्नुुहोस्,’ ओलीले मुख्यसचिवलाई भनेको कुरा उल्लेख गर्दै स्रोतले भन्यो।

 

 

 

रेग्मीलाई देउवा सरकारले मुख्यसचिवमा नियुक्त गरेको थियो।