भारतीय स्थल सेनाध्यक्ष द्विवेदीद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण


काठमाण्डु – नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण गरेका छन् ।

उनले शनिबार मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए ।

शनिबारै भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका थिए ।