रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन

रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन


काठमाण्डु – अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई निलम्बन गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई एक हप्ताका लागि निलम्बन गरेको हो ।साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।