काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकालले आफ्नो प्रस्ताव पेश गर्न नदिएको बताएका छन् । ढकालले आफूले एक महिनासम्म ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न नदिएको आरोप लगाएका हुन् ।
जारी बैठकमा महामन्त्री ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै प्रतिवेदन प्रस्तुत मानेका थिएनन् । गर्न नमानेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाए ।
उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने विषय उल्लेख गरिएको हो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’, उनले भनेका छन् ।
यस्तो छ रविले बैठकमा रोकेको मुकुल ढकालको प्रस्ताव
प्रतिक्रिया