मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धिः अध्यक्ष प्रचण्ड

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धिः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन्।

 

 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “आफुहरुले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा भएको बताएका छन्।

 

 

अध्यक्ष प्रचण्डले अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउन लागि पर्ने बताएका छन्।

 

 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, आफुहरुले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, त्यसैले अहिले आफुहरु त्यही संकल्पमा रहेको बताए।

 

 

माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा माओवादी केन्द्र प्रतिबद्ध भएर लागेको बताइन्।