एजेन्सी – भारतको मुम्बईमा भीषण वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए ।
बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ । मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ ।
प्रतिक्रिया