तीनकुनेको हिंसात्मक घटनामा सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ

तीनकुनेको हिंसात्मक घटनामा सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले उनलाई बालाजुबाट गिरफ्तार गरेको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वक्याप्टेन राजभण्डारी राजावादी आन्दोलनका लागि गठित ‘रोयल टाक्स फोर्स’का कमान्डर हुन्, उनी हिंसात्मक घटनामा संलग्न रहेको प्रहरी निष्कर्ष छ ।

शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पत्रकारसहित २ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको छ ।