काठमाण्डु- ललितपुरको इमाडोलको ओचुहाइटमा एक युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
गएराति रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको छ ।
आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ ।
प्रतिक्रिया