बसुन्धाराबाट मुर्ति चोरेर भागेका सुबे परियार चार दिनपछि पक्राउ

बसुन्धाराबाट मुर्ति चोरेर भागेका सुबे परियार चार दिनपछि पक्राउ


रबिन शर्मा
काठमाडौं – काठमाडौंको टोखा–५, बसुन्धारास्थित कल्की नारायणको मन्दिरमा रहेको मूर्ति चोरेर भागेका व्यक्ति चार दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धापासीका २२ वर्षीय मकर भनिने सुबे परियार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । वृत्तका डिएसपी फडिन्द्र प्रसाईंका अनुसार पक्राउ परेका परियारको साथबाट चोरीको मूर्तीसहित धुनुष, ९ वटा तिर, कमान लगायतका धार्मिक सामग्री पनि बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।