आज विश्व मुस्कान दिवस : मुस्कुराउनुस्, तन्दुरुस्त रहनुस्

आज विश्व मुस्कान दिवस : मुस्कुराउनुस्, तन्दुरुस्त रहनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आज विश्व मुस्कान दिवस । प्रत्येक अक्टुबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ ।

१९६३ मा ‘हार्वे बल’ नामक एक व्यावसायिक कलाकारले मुस्कानसहित अङ्कित चित्र बनाएका थिए । बढ्दो प्रतिस्पर्धा, व्यस्त जीवनशैली, तनाव लगायतका कारणले मानिसहरूको अनुहारबाट मुस्कान हराउँदै गएको चिन्ताका कारण हार्वेले स्माइली अनुहारको अवधारणा ल्याए । जसले मानिसको स्वास्थ्यमात्रै होइन हरेक पक्षलाई स्वस्थ बनाउनमा मद्दत पुग्छ भन्ने उनको भनाइ थियो ।

उनले विश्वभर मुस्कान फैलाउने उदेश्यका साथ उक्त मुस्कान अङ्कित चित्र बनाएपनि मानिसको अनुहारबाट मुस्कान हराउँदै गयो । त्यसपछि १९९९ मा औपचारिक रूपमा मुस्कान दिवस मनाउने घोषणा गरियो । ताकी हामीलाई मुस्कुराउनका लागि एक विशेष दिन भेटोस् ।

मुस्कान किन आवश्यक छ?

विभिन्न अध्ययनहरूका अनुसार नवजात शिशुले दिनमा चार सय पटक मुस्कुराँछ । जबकी ऊ वयस्क हुँदै गर्दा त्यो सङ्ख्या निकै घटेर जान्छ र दिनमा ४० वा ५० पटक मात्रै मुस्कुराउँछ । त्यसमा पनि कतिपय मुस्कान बस देखावटी मात्रै हुन्छ । अरुलाई देखाउनका लागि ।

मुस्कुराउनु र मुस्काइरहनु मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हो । मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन । मानिसले आफूलाई कुनै पनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ ।

मुस्कुराउनाले जीवनमा सकारात्मकता रहिरहन्छ भने यो शरीरमा राम्रो रक्त रञ्चारका लागि फाइदाजनक हुन्छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार

बेलायतमा बसोबास गर्ने युवाहरू एक दिनमा औसतमा ११ पटक मुस्कुराउने गर्छन् । अर्थात् प्रत्येक व्यक्ति आफ्नो जीवनमा २ लाख ३२ हजारपटक भन्दा बढी मुस्कुराउँछन् ।

मुस्कानसँग सम्बन्धित केही तथ्य पछि उक्त अध्ययनमा खुलाइएको थियो । जसमा गर्मीको मौसममा हुने सूर्योदय बेलायती नागरिकको मुस्कानको कारण हो । त्यसबाहेक यदि कुनै व्यक्तिको प्रशंसा गरिन्छ भने पनि मुस्कुराउने गरेका छन् भने आफ्ना पुरा तस्बिरहरू हेरेर पनि मानिसहरू मुस्कुराउने गर्छन् ।

मोशुलु नामक एक संस्था गरेको उक्त अध्ययनमा २ हजार युवालाई सहभागी गराइएको थियो । र, उनीहरूसँग मुस्कानसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो ।
बेलायतको उक्त अध्ययन अनुसार एक दिनमा १० मध्ये ८ पटक मानिसहरू अन्जान व्यक्तिको समक्ष मुस्कुराउन सहजता महसुस गर्छन् । जबकी अध्ययनमा ११ मुस्कान मध्ये २ वटा मुस्कान देखावटी हुने गरेको पनि पाइयो । जुन मुस्कान हामी अगाडी भएका व्यक्तिलाई खुशी पार्न वा कुरा नबुझेपछि बुझेझैँ गर्नका लागि देखाउँछौँ । त्यस्तै १० मध्ये १ जना व्यक्तिले मुस्कुराउन मन नपरेको कुरा पनि अध्ययनमा बताएका थिए ।

त्यसैगरी, मुस्कानले मानिसलाई खुशी बनाउँछ । सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित गर्छ ।

मिचिगन विश्वविद्यालयको अध्ययनअनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ । मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ । ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ । हाम्रो सोच शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन् ।

जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ । त्यसकारण भागदौडको यो जीवनमा बिना कारण पनि मुस्कुराउनुस् । स्वस्थ रहनुस्, खुशी रहनुस् ।