काठमाण्डु-मुस्लिम धर्माबलम्बीले आज मोहम्मद जयन्ती अर्थात् मोहम्मद दिवस मनाउँदै छन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट ५७० एडीमा भएको थियो । उनको निधन भने मृत्यु मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् ।
यस दिनलाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।
आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।
दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई बिदा दिएको छ ।
प्रतिक्रिया