मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल

मुस्ताङमा थपियो अर्को पर्यटकीयस्थल


मुस्ताङ– मुस्ताङमा अर्को पर्यटकीयस्थल थपिएको छ ।

घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको छोमाछो ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको हो ।

नीलगिरि हिमालको काखमा रहेको अति सुन्दर छोमाछो ताललाई स्थानीय तथा जिल्लास्थित सरोकारवाला निकायले अझै महत्त्वका साथ हेरी जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल गर्नुपर्ने देखिन्छ।