गोविन्द केसी र सरकारबीच पाँच बुँदे सम्झौता, आज बिहान १० बजे अनशन तोड्ने

गोविन्द केसी र सरकारबीच पाँच बुँदे सम्झौता, आज बिहान १० बजे अनशन तोड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ ।

 

 

शुक्रबार राति महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भईशनिबार अनशन तोडने सहमति भएको छ ।

 

 

 

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले आज डां केसीले अनशन तोड्ने जानकारी दिए । उनी पाँच दिनदेखि अनशनमा छन् । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन सुरू गरेका थिए ।

 

 

 

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

 

 

 

अदालतको अवहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

 

 

 

आज बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्ने डा सिंहले जानकारी दिए । यो उनको १४ औं आमरण अनशन हो । आजको कान्तिपूर दैनिकमा खबर छ ।