काठमाण्डु– म्यान्मामारमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्पमा परि कम्तिमा २५ जनाको मृत्यु भएको एएफपीले जनाएको हो ।
केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
म्यान्माको राजधानीमा रहेको एक प्रमुख अस्पतालमामात्र २० जनाको मृत्यु भएको बताइएको छ ।
उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य ७ जना जीवित फेला परेका जानकारी दिए । त्यहाँ २ जनाको शव फेला परेको थियो ।
जुन्टाले सबैभन्दा बढी प्रभावित छ वटा क्षेत्र (सागाइङ, मन्दलाय, मगवे, उत्तर–पूर्वी शान राज्य, नायप्यिडा र बागो) हरूमा आपतकालीन अवस्था लागू रहेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
जा मिन टुनले मन्दलाय, नायप्यिडा र सागाइङमा बिरामीहरूका लागि रगत दान आवश्यक रहेको बताए।
प्रतिक्रिया