म्यानमारमा भूकम्पमा परी कम्तीमा १४४ जनाको मृत्यु

म्यानमारमा भूकम्पमा परी कम्तीमा १४४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– म्यान्मारमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको छ । शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १४४ जनाको मृत्यु भएको हो ।

भएको देशको सैन्य सरकार प्रमुखका अनुसार ७३० भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

२० लेन चौडा राजमार्गहरू भएको एक फराकिलो म्यान्माको राजधानी न्यापिडोमा भवनहरूका छतका टुक्राहरू खस्दै सडकहरू भत्किएका छन् ।

भूकम्पबाट बैंककमा निर्माणाधीन ३० तले गगनचुम्मी भवन ढलेको थियो ।

बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मामा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले आपत्कालीन अवस्था घोषणा गरेका थिए ।