म्यानमारमा घाइतेको उपचारमा खटियो नेपाली सेनाको टोली

म्यानमारमा घाइतेको उपचारमा खटियो नेपाली सेनाको टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको चिकित्सकीय टिम अहिले म्यानमारमा खटिरहेको छ । सेनाको टिमले अहिले भूकम्पबाट घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गरिरहेको हो ।

सेनाको टिम म्यानमारको मण्डले क्षेत्रको यामइथीनमा तैनाथ छ । सेनाको टिमले त्यहा क्याम्प नै खडा गरेर स्थानीयको उपचार गरिरहेको छ । टिममा मेडिकल इन्चार्ज तथा जनरल सर्जन प्रमुख सेनानी डा. बिकास बहादुर रायामाझी, अर्थोपेडिक्स सर्जन प्रमुख सेनानी डा. मोहित थापा मगर तथा अन्य दुई मेडिकल अधिकृत,दुई सैनिक उपचारिकाका साथै ६ जना प्यारामेडिकहरु रहेका छन् ।

सेनाको मेडिकल टिमले उक्त क्षेत्रमा मेडिकल क्याम्प नै खडा गरी जनरल ओपीडी,विशेषज्ञ ओपिडी, इसिजी,सर्जिकल सेवा र औषधि वितरण गरिरहेको सेनाले जनाएको छ ।

नेपाली भाषी समेत रहेको यस क्षेत्रको उक्त अस्पतालमा सेनाका दुई विशेषज्ञद्धारा घाइतेहरुको शल्यक्रिया समेत भइरहेको छ । सेनाको मेडिकल टोलीको कामको उक्त अस्पतालका मेडिकल इन्चार्ज डा.इ इले समेत प्रशंसा गरेका छन् । सेनाको टोलीलाई वर्मिज नेपालीहरुबाट पनि दोभासेको रुपमा सहयोग भइरहेको सेनाले जानकारी दिएको छ ।

म्यानमारमा विनाशकारी भूकम्पका कारण हजारौं नागरिकको ज्यान गएको छ भने अरवौंको क्षति भएको छ । सरकारले नेपाल सरकारको निर्णयपछि चैत्र २० गते प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय सैनिक टोली सिएन २३५ कासा विमान म्यानमार पठाएको थियो ।

सरकारले बुधवार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट राहत सामाग्री समेत म्यानमार पठाउंदैछ । चैत १५ मा म्यानमारमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।