म्यान्मारमा दुई हप्तामा ११२ वटा परकम्प रेकर्ड, ३६ सयको मृत्यु

म्यान्मारमा दुई हप्तामा ११२ वटा परकम्प रेकर्ड, ३६ सयको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– म्यान्मामा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ ।

म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चेत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यान्मामा २.८ देखि ७.५ म्याग्निच्यूडसम्मका ११२ वटा परकम्प गएका हुन् ।

गत मार्च २८ मा गएको ७.९ म्याग्नीच्यूडको विनाशकारी भूकम्पका कारण तीन हजार ६४५ जनाकोे मृत्यु भएको र पाँच हजारभन्दा व्यक्ति घाइते भएका त्यहाँको सरकारले जनाएको छ ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले मङ्गलबारसम्म जारी गरेको विज्ञप्तिमा मारिनेको सङ्ख्या ३ हजार ६४५ पुगेको छ भने ५ हजार १७ जना घाइते भएका छन् भने १४८ जना अझै हराइरहेका छन् ।