म्यानमारका उच्च सैनिक अधिकारी किन आए काठमाडौं ? प्रधानसेनापतिसँग भेटवार्ता

म्यानमारका उच्च सैनिक अधिकारी किन आए काठमाडौं ? प्रधानसेनापतिसँग भेटवार्ता


काठमाडौं– म्यानमारका कमाण्डर इन चिफ अफ डिफेन्स सर्भिसेज सिनियर जनरल मिन अंग हलिङ ४ दिने नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं आइपुुगेका छन् ।

 

 

 

सिनियर जनरल हलिङलाई बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनले आज नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसक्रममा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो ।

 

 

 

प्रधानसेनापतिसँग भेटवार्ता

 

 

 

यसैबीच सिनियर जनरल हलिङले आजै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

 

 

उक्त भेटवार्ता पश्चात छुट्टै कार्यक्रममा उनलाई सशस्त्र द्वन्द्व पश्चात् तत्कालिन लडाकुहरुको नेपाली सेनामा भएको सफल समायोजन सहितको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पु-याएको योगदान तथा यसबाट सिकिएको पाठहरु र नेपाली सेनाले संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापना कार्यमा पुर्याएको योगदान एवं सो को अनुभव सम्बन्धी विषयहरुमा जानकारी गराइएको थियो ।