नवलपरासी बाहुनीकुनामा बस दुर्घटना, ५ जनाको मृत्यु ३९ घाइते

नवलपरासी बाहुनीकुनामा बस दुर्घटना, ५ जनाको मृत्यु ३९ घाइते


नवलपरासी –  इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा दुर्घटना हुंदा पांच जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा ३९ जना घाइते भएका छन्।

पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा परेका घाइते ३३ जनालाई उपचारका लागि नारायणगढ पठाइएको र ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउंन बांकी छ।