सपथ लिन सिलवाल बानेश्वर स्थित संसद् भवनमा

 सपथ लिन सिलवाल बानेश्वर स्थित संसद् भवनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद तथा पुर्व डिआइजी नवराज सिलवाल संपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वर स्थित संसद् भवनमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा ‘लिफ्ट’ लिएर उनी त्यहाँ पुगेका हुन् । आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वािचत सांसद्को सपथ ग्रहण हुँदैछ ।

तत्कालीन शेरबहादुर देउवा सरकारले सिलवाल माथी पुर्वाग्राही भएर कार्यसम्पादन मुल्याङन किर्ते गरेको आरेप लगाएको थिए ।
तर, सिलवालले भने तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मी, प्रहरी माहानिरिक्षक उपेन्द्रकान्त आर्याल र कर्मचारी प्रशासन शाखाका एसपि विश्व पोखरेलले किर्ते गरेको दावी गदै उनले स्वतन्त्र छानविनको माग गदै आएका छन् ।

तर, काठमाडौँ सरकारी वकिलको कार्यालयले देउवा सरकारको निर्णय, नियम विपरित भएको भन्दै सरकारी वकिल कार्यालयले फाईल रोकेको छ । शनिबार संसद् भवनमा एमाले–माओवादीका सांसद्हरुलाई संयुक्त प्रशिक्षण दिन आयोजित कार्यक्रममा देखा परेका सिलवालले ट्वीट गर्दै आफूूलाई फरार अभियुक्त भनिएको प्रति आपत्ति समेत जनाएका छन् ।

फाइल तस्बिर