काठमाण्डु– नबिल बैंक लिमिटेडले पुसकालागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । पुस १ गतेदेखि लागु हुने गरि बैंकले पुस महिनामा मुद्दती निक्षेपमा न्यूनतम ३ प्रतिशत र अधिकतम ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
त्यस्तै, बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्ष सम्मको लागि ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको अवधिको लागि ५.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्ष अवधिको लागि ३ प्रतिशत र ५ वर्षमाथि अवधिको लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
प्रतिक्रिया