काठमाण्डु– ५ महिनामा वणिज्य बैंकहरुले साढे ३० अर्ब भन्दा बढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार ५ महिना वणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड खुद नाफा कमाएका हुन् ।
कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको छ।सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो नम्वरमा रहेको छ । नबिल बैंकले करिब ३ अर्ब ५० करोड खुद नाफा आर्जन गरेको छ ।
यस्तै धेरै नाफा कमाउने बैंकको दोस्रो नम्वरमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेघा बैंक बढी नाफा कमाउनेको तेस्रो स्थानमा रहँदै २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ।
कुमारी बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, एनएमबिले १ अर्ब ९० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाए ।
यस्तै नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएका छ्न्।
सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ, र सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेका छ्न्।
यता माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छ्न्।
यस अवधिमा कृषि बिकास बैंक भने नोक्सानी गएको छ ।
प्रतिक्रिया