काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय समिति बैठक पर्सि शुक्रबारदेखि बस्ने भएको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी छन् ।
पार्टीमा जारी विवाद र जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
बैठकमा वैध र अवैध भनिएका ४ किसिमका केन्द्रीय सदस्यलाई निम्ता गरिएको छ । अध्यक्ष श्रेष्ठले जारी गरेको पत्रअनुसार पार्टीका संरक्षक जेलमा रहँदा बनेका केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यमा अनुमोदित पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार, पालिका प्रमुख र उपप्रमुखहरू रहेका छन् ।
टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ । पार्टीले प्रदान गरेको केन्द्रीय सदस्यको प्रमाणपत्र अनिवार्य गरिएको छ ।
प्रतिक्रिया