सरकारले नागरिकता संशोधन विधेयकलाई दियो स्वीकृति

सरकारले नागरिकता संशोधन विधेयकलाई दियो स्वीकृति


काठमाण्डु– सरकारले नागरिकता संशोधन गर्ने विधेयकलाई स्वीकृति दिएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयकलाई स्वीकृति दिने निर्णय गरेको हो ।

विधेयकमा बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने, आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने, बाबुको मृत्यु भएर पहिचान नभएको अबस्थामा त्यस्ता सन्तानलाई पनि नागरिकता दिने व्यवस्था रहेको छ ।

यस्तै नाबालक परिचयपत्रलाई नागरिकता ऐनमा समेटिने, एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई सामाजिक, सांस्कृतिक एवम् आर्थिक अधिकार दिने व्यवस्था विधेयकमा रहेको छ ।