नागढुंगा सहकारीको ५ करोड रकम खाएर भागे अध्यक्ष र व्यवस्थापक

नागढुंगा सहकारीको ५ करोड रकम खाएर भागे अध्यक्ष र व्यवस्थापक


पर्वत- पर्वतमा रहेको नागढुंगा सहकारीको रकम हिनामीना भएको छ । सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड ८० लाख हिनामिना भएको हो ।

अहिले सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार छन् । कोषाध्यक्ष दीर्घनारायण शर्मा भने पक्राउ परिसकेका पर्वत प्रहरीले जनाएको छ ।

सहकारी रजिस्टारको कार्यालय गण्डकीले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा साढे ६ सय हाराहारी बचतकर्ता छन् ।

सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम १ वर्षभित्र मिलाउन समय दिएको थियो । तर, सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन नसक्दा अहिले धेरैको विचल्ली भएको छ ।

कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र सेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गर्ने फरार हुन थालेपछि प्रहरीले ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।