नख्खु खोलामा बगेका ४ मध्ये ३ जनाको सकुशल उद्दार

नख्खु खोलामा बगेका ४ मध्ये ३ जनाको सकुशल उद्दार


काठमाण्डु– ललितपुरको नख्खु खोलामा बगेका ४ जनामध्ये ३ जनाको उद्दार भएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंहको पहलमा पूर्ण केसीसहितले उनीहरुको सकुशल उद्दार गरेका हुन् ।

करिब २ सय मिटर तलबाट उनीहरुको उद्दार गरिएको हो ।

सुगम वस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका केसीका अनुसार ३ जनालाई उद्दार गरेर ललितपुरकै पाटन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बाढीका कारण नदीको बीचमा ४ जना फसेका थिए । उनीहरु जस्ताको टहरामाथि चढेर उद्धारका लागि याचना गर्दा गर्दै बगेका थिए ।

एक जना बच्चा भने अहिले पनि हराइरहेका छन् ।