काठमाण्डु– वुमन्स डे कपमा नेपाललाई नामिबियाले १२६ रनको लक्ष्य दिएको छ।
युगान्डामा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।
नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रन जोडिन् । सुने विटम्यानले १५, विल्का मवाती २० रन रअर्रास्टा डायरगार्डले १६ रन बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका लागि इश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् भने रचना चौधरीले २ र रिया शर्मा र इन्दु वर्माले समान १–१ विकेट लिए ।
प्रतिक्रिया