पूर्वउपराष्ट्रपति पुन माओवादी राजनीतिमा सक्रिय, केन्द्रीय समिति बैठकमा सहभागी

पूर्वउपराष्ट्रपति पुन माओवादी राजनीतिमा सक्रिय, केन्द्रीय समिति बैठकमा सहभागी


काठमाण्डु – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको प्रत्यक्ष राजनीतिमा फर्किएका छन् ।

माओवादी राजनीतिकै पृष्ठभूमिमा उपराष्ट्रपति बनेका पुन माओवादीको केन्द्रीय समिति बैठकमा देखिएका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दायाँपट्टि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बसेका छन् भने बायाँपट्टि पूर्वराष्ट्रपति पासाङ देखिएका छन् ।

माओवादीमा उपाध्यक्ष पद पाएका पूर्वराष्ट्रपति द्वन्द्वकाण्डमा सैनिक कमाण्डर समेत थिए । सम्मानित पद राष्ट्रपति/उपराष्ट्रपतिले पार्टीको राजनीतिमा फर्किन हुने/नहुनेबारे बहस चलिरहेका बेला उनी पार्टीकै बैठकमा देखिएका छन् ।

यसअघिदेखि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेको थियो । पूर्वराष्ट्रपति भण्डारी अझै एमाले राजनीतिमा फर्किएकी छैनन् ।