नेपाली नेताको नाम दुरुपयोग गर्ने भारतमा यस्तासम्म छन् ठग

नेपाली नेताको नाम दुरुपयोग गर्ने भारतमा यस्तासम्म छन् ठग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– उपराष्ट्रपति कार्यालयले एक भारतीय नागरीकले उपराष्ट्रपती नन्दबहादुर पुनको नाम दुरुपयोग गरेकोप्रती ध्यानआकर्षण भएको जनाएको छ । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिले शुक्रवार एक विज्ञप्ती जारी गरी  उपराष्ट्रपतिको राजनीतिक तथा सांस्कृतिक सल्लाहकारका रुपमा कोही पनि कार्यरत नभएको भन्दै यस प्रकारको गलत प्रचारबाट भ्रममा नर्पन आग्रह गरेका छन् ।

विज्ञप्तीमा उपराष्ट्रपतिज्यूको सल्लाहकार हु भनी गलत प्रचार गरिरहेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि उप–राष्ट्रपतिको कार्यालयको तर्फबाट परराष्ट्रमन्त्रालयलाई पत्राचार गरिसकिएको जानकारी पनि दिइएको छ ।

 

 विज्ञप्तीमा अगाडी भनिएको छ “निज भारतिय नागरीकलाई कानूनी कारबाही गर्न नेपाल सरकार र नेपालस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई समेत अनुरोध गरिन्छ ।”

 

महाविर प्रसाद तोर्दी नामका भारतिय नागरीकले नेपालको उपराष्ट्रपति पुनको राजनीतिक र सांस्कृतिक सल्लाहकार भएको झुठो दावी गर्दै भारतमा ठगी गर्दै आएको समाचार भारतिय संचार माध्यममा  प्रकाशित भएपछि उपराष्ट्रपति कार्यालय विज्ञप्ती जारी गरेको हो ।  

 

उपराष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्ती यस्तो छ –