नारायणगढ–मुग्लिन सडक ४ दिन खुला, ७१ प्रतिश काम भएको आयोजनाको दाबी

नारायणगढ–मुग्लिन सडक ४ दिन खुला, ७१ प्रतिश काम भएको आयोजनाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनको नारायणगढ–मुग्लिन सडक ४ दिन खुला रहने भएको छ । माघे संक्रान्तिलाई मध्यनजर गर्दै राति बन्द हुँदै आएको सडक ४ दिनसम्मका लागि खुल्ला गर्न लागिएको हो ।

 

 

 

पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । उक्त सडक शनिबारदेखि माघ २ गते सम्म राति खुल्ला रहने छ ।

 

 

 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार माघे संक्रान्तिमा उक्त सडक खण्ड हुदैं तिर्थालु देवघाट आउने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको हो । दिउँसो पिच निर्माणको काम भएपनि सडक अवरुद्ध नहुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले सम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भइसकेको छ । आजको कान्तिपूर दैनिकमा खबर छ ।