नारायणगढ–मुग्लिन सडक खण्ड अाज देखि ६ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड अाज देखि ६ घण्टा बन्द हुने


चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि दैनिक पुन ६ घण्टा बन्द हुने भएको छ । नेपालीहरुको महान् चाड होली पर्व २०७४ लाई मध्यनजर गरि फागुन १७ र र १८ गते दुई दिन नारायणगढ–मुग्लिन चौविसै घण्टा खुला गरिएको थियो ।

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड होली पर्वको अवसरमा दुई दिन खुला गरिएको हो । यस नारायणगढ मुग्लिन सडक हरेक दिन विहान १० बजे देखि दिउँसो ४ बजे सम्म बन्द गरि काम गर्दै आएको छ । यस सडकमा अहिलेसम्म ७४ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।